पोखिएका आकासबाट ती थोपामा पानीका हरेक
किन हो सधैं खै तिम्रै माया बर्षे झै लाग्छ
बाढीको कता कता डर पनि छ यो मनमा अनेक
तै पनि फेरी पानी अरु दर्किए नी हुने झै लाग्छ
----X-----
बनेर किरणहरु तिम्रा ती मीठा मीठा भावहरु
उदाउँछन हर दिन मेरो आकासमा तिम्रा साथहरु
स्पर्श गरे झै लाग्छ तिमीले बनेर बतासहरु
छोएर जब ती जान्छन छरेर मीठा सुबासहरु
-----X-----
बनेको छु शित अचेल, अमर भए झै लाग्छ त्यो पल
जब उस्का ती
पाईतालाहरुको स्पर्शमा बिलिन हुन्छु
पुस्पपत्रमा बस्ने रहर छ अब, पर्खिदो छु
मुक्तिको त्यही पल
जब उस्का ती अधरहरुको स्पर्शमा फेरी सधैलाई बिलिन हुन्छु
खै कहिले हो थिए संगै बास बसेका
उस्का र मेरा धेरै रहरहरु मनका
यात्रा
त मेरो सकियो भन्थें बाँकि रहेछ तर उस्को
रहरहरुको अंशबण्डामा निक्कै नोक्सान
भो रे उस्को
मिलेन हिसाब बिदाईमा पनि उस्को र मेरो
बेरुजु भो मायाँ
सधैंलाई उस्को खातामा मेरो
घर यो उस्कै हो अनि आँगन उस्कै
फुलेका छन बगैंचामा फुलहरु उ
जस्तै
कुनै बेला निम्तो थियो आफुलाई पनि
सजाउने यो बगैचालाई उस्को मन जस्तै
*****
यात्रामा बाटो, बिश्राममा स्वागत
ब्यक्तित्व तिम्रो आहतमा राहत