डसान
कुरा पुराणबाटै सुरु गरम होला। आफ्नै पुराण। हिंजो अस्ति जस्तो लाग्छ ति दिनहरुमा यो जिन्दगी खेलेको तर एक जुग बितीसकेछ।
मौसम गर्मीको थ्यो। भर्खरै जस्तो पानी परेर रोकिएको। दिन बिदाको अनि समय फक्रदो अपरान्हको थियो। रन्किदो घामले अघि परेको पानीलाई बफ्याउँदै गर्दा म घरमा अब के गर्ने हो सोच्दै थिएँ। घरमै बसीरहनु उचित थिएन। घरमा भएको तिर्पट फुटबल बोकेर बाङ्गेको घर तिर लागें।
बाङ्गे ओछ्यानाँ तेर्सीरा रेछ। "ए, हिन फुटबल खेल्न" भन्या "यो मध्ये दिउँसो नी कोई फुटबल खेल्न जान्छ? तरुनी हेर्न भए नी लौ भन्नु" भन्यो।
"दुई चार सट हानम अनि तरुनी त छदै छ नी--बुलबुले जाउँला त्यसपछि" भनें। अनि बल्ल बाङ्गे तात्यो। बुलबुलेमा उस्की बुलबुल थिई त्यो बेला। बिचरी बुलबुल एक्ली थिई, बाङ्गे जस्ता ब्याधाहरु छ्यापछ्याप्ती।
बाङ्गे र म बल उफार्दै डबली तिर लागिम। "तँ र म मात्रै त के खेल्नी अरुलाई नी बोलाम न" भन्यो बाङ्गेले। कुरा त ठिक हो। जति धेरै भो, खेल्न उती मजा। सुपारी, ट्वाक, बर्मु र छ्याकलाई नी भेला पारियो। सुरुमा जो पनि नाईँ भन्ने। बाजी खेल्नी, अनि हार्नेले कोक, चुरोस, र मोमो ख्वाउने भरे नक्सालाँ भनेसी बल्ल कुरो मिल्यो।
६ जना भैयो जम्मा। दुईटा पोस्ट बनाएर खेल्न नमिल्ने। के गर्ने? एउटै पोस्टाँ गोल हान्ने दुईटा टिम बनाएर कि के गर्ने भन्दै सल्लाह गर्दै धोबीखोलाको फाँट तिर पुगियो। त्यहाँ एउटा बारी थ्यो जुन कसैले खन्दैनथ्यो। चौर जस्तै थ्यो। तिन तिर खनेका बारीहरु थिए एकातिर रुखै रुख। थोरै जना खेल्न त्यो चौर ठिक्क थ्यो।
अनेक तर्क बितर्क पछि कसरी खेल्ने त्यस्को तय भयो। बिचार छ्याकको थियो। दुईटा टिम बनाउने अनि पालै पालो दस "प्ल्यान्टी" हान्ने। हार्ने टिमका तिनजना मिलेर जित्ने टिमकालाई भरे नक्सालाँ एभरेस्ट म:म: कोक र चुरोस सँग ख्वाउने। प्ल्यान्टी हान्नु अघि एक छिन एउटै पोस्टाँ गोल हान्ने गरी वार्म अप गर्ने पनि कुरो भयो।
हप्प थ्यो। चौर अझै भिजेकै थ्यो। स्लिप हान्दा लुगा बर्बाद होला भनेर सबैले भित्रि कट्टु बाहेक सबै लुगा फुकालेर छेउमा राखियो। त्यो चौरको बरीपरी घर थिएनन। अलि पर बाटामा पुगे पछि मात्रै बाक्ला घर थिए। त्यस्तो लुगा फुकालेर बेला बेला पहिले पनि खेलेकै हो। केही असजिलो थिएन। चप्प्ल र जुत्ताको पोस्ट बनाईयो। चप्पल लाएर खेल्न नमिल्ने। कोहि नाङ्गै खुट्टा कोही जुत्ता लाएर खेल्ने कुरा भएन। नली खुट्टाँ जुत्ताले बजायो अर्कोले भने भुतुक्कै पार्थ्यो। फेरी "अन्दरप्यान्ट्स" र जुत्ता लार के फुटबल खेलाई भयो र?
खेल्न थालियो। गर्मी पनि भयो। जोस पनि बढ्दै गयो। तिर्पट बल पनि ढाडिदै थ्यो। यसै क्रममा छ्याकले जमार एक सट हान्या के थ्यो बल बत्तेर परको रुखाँ पुग्यो। बाङ्गे बल लिन पुग्या थ्यो एक्कासी आत्त्तेर मुख छोड्दै हुईकियो। पहिले त कुरा बुझिएन, बुझे पछि देखियो पनि। बाङ्गे "अरिन्ङगाल अरिङ्गाल" भन्दै बतासियो। छ्याकको सटले त्यो रुखाँ अरिङ्गालको गोलो रे छ त्यसैमै दिएछ दनक। अरिङ्गालहरु त भुसुक्कै अपसेट भएर बल फलो गर्दै ओर्लेछन। बल टिप्न पुग्या बाङ्गेलाई पछ्याउँदै एक हुल आएका ति अरिङ्गाल देखेर हुर्धुराउँदै टाप कसेका हामीलाई पनि ति अरिङ्गालहरुले साथ दिए। हामी सबै ठुलो बाटो तिर दौडदै थिम। मेरा पछाडी दुईटा लागेका थिए।
टाउकाँ ल्याण्ड गर्लान भनेर दुईटै हातले टाउको मुसार्दै नो ल्याण्डिङको संकेतमा म बत्तिदै थिएँ। मेरो अघि अघि बाङ्गे अनि ट्वाक थिए। बाङ्गेलाई त एउटाले डसी सकेछ। उ उत्पात मुख छोडदै दौडान दि रा थ्यो। ट्वाकको पछि पनि दुई तिनटा थिए। म पछाडी फर्केर मेरो पछि लागेकाहरुलाई हेर्दा बर्मु र छ्याक पनि बत्तिंदै गर्या देख्या थिएँ।
त्यता तिर भएका घरका बार्दली, कौसी, अनि झ्यालाँ भएका मान्छेहरुले हेर्दा अरिङ्गाल त के देख्दा हुन तर हामी कुदेका देखेर "ल हेर यि बिग्रेका केटाहरु -- अब त हुँदा हुँदा दिउँसै यसरी नाङ्गै दौडिन थाले" भन्दा हुन। हाम्लाई भने अर्कै पिर। कलिलो ज्यानमा अरिङ्गालले धाबा बोलेका थिए।
भन्दा भन्दै मलाई नी एउटाले डसी हाल्यो नी टाउकाँ। ढुङ्गेधाराँ पुगेसी हाम्रो दौड सकियो। डसानमा पर्नेहरुमा बाङ्गे, म, र बर्मु भएछम। छ्याक, ट्वाक र सुपारीले हामीले के गरेको भए टोकानमा पर्दैन थिईम त्यस्को बारेमा ज्ञान बाँढ्दै थिए। लुगा लिन जान त बाँकि नै थ्यो। टाउको आफ्नो यसै त टन टन हुन थालि सक्या थ्यो ज्ञान गुन चाहिया थिएन, लुगा चाहिया थ्यो त्यति बेला। मुखमा जे जे आयो बोल्दै हामी डसानमा परेकाहरु नपरेकाहरुलाई त्यो चौरमा गएर लुगा ल्याउन आदेस दिदै थिईम। एउटी आमैलाई अत्ति भएछ क्यारे बार्दलीबाट कराईन "ए मोरा हो, तिमीहरुलाई लाज सरम त्यस्तो केई छ कि छैन हँ?"
आफुलाई कस्तो भै रा बेलाँ अझ लाज सरम रे। झनक्क रिस उठ्यो। मैले केही बोल्नु अघि नै बाङ्गेले पनि आमै तिर हेरेर सोध्यो "खोजेको जबाफै कि यत्तिकै?"
आमै छक्क परीन। अघि लाग्दै गर्दा एउटा हातले उस्लाई डस्या ठाम मुसार्दै अर्को हातले कट्टुको ग्यास्टिक प्याट्ट् तानेर छोडदै भुतभुतायो बाङ्गे "अहिले यै त्यान्द्रो नी खोल्दिन्छु अनि -- आफुलाई अरिङ्गालले डसेर यस्तो भैरा बेला अझ लाज सरमको कुरा गर्दा त --"
झ्यालिन्चा बाङ्गेलाई बोलाउन अघोरीको घर पुग्या रैनछ। ट्वाककाँ गएँ उ पनि छैन,
सुपारीकाँ पुग्या ट्वाक र बाङ्गे सँग बाहिर गयो रे भने। अब भो कि? अब
शनिबार के गरी कटाउने लौ? फर्केर घर पुग्या, घराँ अघि बाङ्गे र ट्वाक
बोलाउन आ थे भनेर सुनाए। बरबाद भो। के के छुटने भो अब आफ्नो। फेरी डबली तिर पुगें। कोही छैन। सत्तेनारन थान तिर नि कोही भेटिएनन।
भिमसेनथानमा पुग्या लाइबेरी अगाडी एक जोडी लम्फुदाईहरु चेस खेलिरा रेछन्
अनि अरु एक हुल बेरोजगारहरु झुरुप्प झुम्मेर बसेका। ठेलठाल गरेर मैले नी
एक छिन हेरें। चेस हेर्न खास मजा आएन। चल्दै नचल्दिनि गोटिहरु। खाली
घोरिया छ छ। झर्को लाग्यो। अलि पर तिर शिवदाईको घर अगाडी ढल खन्न ला रे
छन्। त्यहाँ पनि पाँच छ जना जति भेला भैसक्या। त्यतै लागें। एक छिन भा
थ्यो ढल खनेको हेर्या, दुर संचारको पिक आएर मन्दिर अगाडी रोक्यो। त्यो पनि छुटाउन भएन। कस्ले टेलिफोन जडन लायो। नम्बर कति हुने हो त्यो
घरको। अनि त्याँ खम्बामा अब कतिवटा लाईन खालि छ त्यो सबैको जानकारी राख्नै
पर्यो। लागें खम्बा तिर। त्यहाँ पनि म जस्ता भेला भै हाले। हेर्दै थिएँ एउटाले कुममा हात राख्यो। यसो हेर्या छ्याक रे छ।
झ्यालिन्चा पनि सँगै। "कस्को घराँ जडन ला रे छ?" छ्याकले सोध्यो। "खै त्यो
उपसचिबको घराँ रे" मैले नी बुझ्या कुरो सुनाईदिएँ। "नम्बर कति रे?"
छ्याकलाई कत्ति न उसैले फोन गर्ने जस्तो नम्बर चाहियो। "त्यो घराँ त केटी
नै छैन, नम्बरको के मतलब?" झ्यालिन्चाले पिच्च थुकेर भन्यो। कुरा त
झ्यालिन्चाले ठिक गर्या हो। "हिन उता पोखरी तिर जाम" छ्याकले भन्यो। म पनि निस्केँ टेलिफोन जडान
अवलोकन हुलबाट। "के गर्न चेपागाँडा समात्न?" मैले भन्दा पैला झ्यालिन्चाले
सोध्यो। छ्याकले घुरे पछि झ्यालिन्चा चुप लाग्यो। "हिन त" मैले पनि भनें।
केई काम थिएन, के त नी? भात भरखर खाकै थ्यो। "जान्न म त पोखरी सोखरी तिर, बरु बिशालनगर तिर जाम न" झ्यालिन्चाले
भन्यो। "किन त्यै डेढीलाई हेर्न?" यस पटक छ्याक जाईलाग्यो झ्यालिन्चा
माथि। "छ डेढी तँलाई भनेर, आफ्नो अनुहारमा छर्रा गोली लाग्या था छैन अझ"
झ्यालिन्चा भडकियो। अब बिशालनगर तिर गएर छ्याक र मलाई केई न केई।
झ्यलिन्चालाई मात्रै फाईदा हुने काम किन गर्ने? बरु पोखरी तिर गयो, सबैको
उही ताल। मैले पनि पोखरी तिरै जानेमा बल गरें। मन लागि नलागि झ्यालिन्चा
पनि पछि लाग्यो। लामढुङ्गाँ पुगेसी यसो रातोरातो कागज देखेर मन सिरिङ्ग भै सक्या थ्यो
"बच्छी मबिया" झ्यालिन्चाको स्वर एक्कासी कानमा ठोक्कियो। मारोगीले झम्टेर
बिसको नोट उठायो। अब भयो भएन बबाल? उस्ले बिस गाँठ भेट्टायो, अझ बच्छी
मबिया भन्छ। हामी चै के गर्ने? "अहिले मबिया भन्दा त एक हुक दिन्छु अनि" छ्याक गर्जियो। "भेट्या मैले हो क्यारे" झ्यालिन्चाले बिसको नोट च्याप्या मुठी अरु कसेर भन्यो। "पोखरी तिर जाउँ भनेर कस्ले भन्या? तँ त डेढपाउ हेर्न जान ला थिस"
छ्याकले कुरा ल्यायो। "अनि के त? मैले पनि पोखरी तिरै जाने कुरा नगर्या भे
भेटथिस तैलें पैसा? कुरा गर्छ" मैले पनि थपें। ठुलो बिबाद भो। हातै
हालाहाल होला जस्तो। झ्यालिन्चा एक्लैको केही लागेन, छ्याक र मेरो अगाडी।
त्यो पैसामा हामी तिनजना बुढानिलकण्ठ जाने भईम। जाने आउने भाडा र च्या
पाउरोटी धान्छ भन्ने ठहर भो। झ्यालिन्चाले सपनामा कहिले हो बुढानिलकण्ठ
गाको देख्या रे भनेर त्यै नगैइ भएन उस्लाई। "सपनामा नारनथान देखेर के भो
त?" भन्या "त्यसरी सपनामा देखेको भन्या देउताले बोलाको रे क्या" उस्ले
भन्यो। कत्ति न नारन उसैलाई पर्खेर बस्या जस्तो। अब बुढानिलकण्ठ जाने सवारी समात्न कि त जमल तिर पुग्नु पर्थ्यो कि
माराजगंज। बिशालनगर तिर बाट हुंदै माराजगंज जाने भैयो। झ्यालिन्चाको
बिशालनगर जाने रहर पनि पुरा हुने बाटो पनि काटिने। तरुनी सँग देखा देख
भएन, बिशालनगरमा। एक छिन अलमल गर्ने, सिट्ठी बजाउने जे गरे नी तरुनीको
दर्शन भएन। भरे फर्केर आउँदा पनि यतै बाट आउँला भन्दै झ्यालिन्चालाई
सम्झाए पछि बल्ल मान्यो। माराजगन्जमा पुगेसी बस आयो। पुगियो बुढानिलकण्ठ। खास भिड थिएन। नारन
सँग त खासै लेनदेन थिएन बरु बिचरण गर्दै गरेका केही बालाहरु तिर हेराई
बिसाईयो। चिया नास्ता पनि ठिटीहरु भाकै पसलमा गर्नु पर्यो। के गर्ने? हामी
खाँदै हेर्दै गर्दै थिम झ्यालिन्चाको एउटी सँग खुबै आँखा जुधे। त्यो ठिटी
सपरीबार आकि थिई जस्ति देखिन्थी। झ्यालिन्चा निक्कै जोस्सेको थ्यो। ठिटी
आफन्तहरु सँगै पसलबाट निस्किइ उस्का उठेका हेराई झ्यालिन्चामा निमेष भर
राखेर ओराली अनि लजालु मुस्कान पनि फ्याँकि झ्यालिन्चा तिर। अघोरी पनि
उठ्यो। ठीटीको पछि लाग्नै लाथ्यो, मैले "ए, ए, ए यहाँको पैसा चैं कल्ले
तिर्छ नी?" भनेसी अघि त्यो बिस बाट भाडा तिरेर बाँकि भा बार्ह चौध रुप्या
कति थ्यो म तिर फ्यात्त फ्याँकेर निस्कियो। "अब उ बुढानिलकण्ठले बोलार आको, हामी यत्तिकै, तरुनी उस्ले नभेटे कस्ले भेटछ त?" मैले नी आफैलाई सान्तवना दिएँ। "बुढानिलकण्ठ पनि हुँदा हुँदा अब लमिको काम गर्न थाले छन त?" छ्याकले हाँस्दै सोध्यो। हामी खाई सकेर पसल बाहिर आउँदा झ्यालिन्चा देखिएन। बस जानलाई ढ्याङ्ग
ढ्याङ्ग गर्दै थियो। ओरालो तिर अलि अलि गुडदै पनि। छ्याक र मैले हेराहेर
गरिम। अनि दौडेर चढिम बसाँ। बाँसबारीमा आए पछि मैले सोधें छ्याकलाई, "अब
कसरी आउँछ यार झ्यालिन्चा? त्यो सँग त गाँठ पनि छैन" छ्याकले ढुक्क सँग भन्यो "आईहाल्छ नी -- हामीजस्तो हो र? उ त नारनले
बोलार पुग्या बुढानिलकण्ठ --सके पुस्पकबिमानमा आउला नभए गरुडमा आउँछ भरे।" ******************
"झ्यालिन्चाले त तरुनी भेट्टायो यार" छ्याकले दिक्क लागेको स्वरमा सुनायो।
आकास हो भन्थेँ सिमा आखिर बादल रहेछ
हावा चलेछ क्यारे कि बादल बेईमान रहेछ
सजाएको मन्दिर थ्यो मनमा, देवीको बास थियो
भर्खरै निभेको दीप त्यै मन्दिरमा समर्पित थियो
अभिबादनका फुलहरु छन तर बिदाईमा आज
रहर बनेका छन स्मृती रहरका बिदाईमा आज
आगोको नशा लाग्यो झरीको बेला
दशा लागेको भन्या खै यस्तै होला
दाप किनियो खुकुरी हरायो यै बेला
अब यो खोल खै के गर्ने होला
सुकुम्बासी भैयो आज आफ्नै घरमा
बास माग्न अब खै कहाँ जाने होला
च्याँखे थापियो दाउ तर सबै दुश्मनका
अब कसरी खै यो बाजी जित्ने होला
नयाँ बनेर आउने पुराना भावहरु उनै हुन
पुराना बनेर जाने नयाँ भावहरु इनै हुन
नयाँ बनेर पुराना दिनहरु उनै आउँदा हुन त
बिर्सेर काल्पनिक स्वर्ग यतै रमाउने थिएँ म त
रंग ईन्द्रेणीको देख्छु हरेक रंगमा उस्को
अनुभव स्पर्शको हरेक सोचाईमा उस्को
सजाउँ भन्छु खै तर कुन रुपमा उस्लाई
मन्त्रमुग्ध सौन्दर्य छ हरेक रुपमा उस्को
उही बाटो हो सधैं हिनेको, झरेका पात थिए मुर्झाएका रुखहरु
पलाएछन कहिले पालुवाहरु, फुलेछन खुसुक्क बगैचामा फुलहरु
महकिंदो छ बतास पनि आज, छोएर आएछ कि तिम्रा अधरहरु
बहकिदों छ मन पनि आज मेरो, सजाएछ कि फेरी तिम्रा रहरहरु
यही आकास हो प्यारो साझेदारीमा उस्को र मेरो
यही घाम हो न्यानो छरीएको चौरमा उस्को र मेरो
भेट हुन्छ हरदिन यहाँ धेरै पटक उस्को र मेरो
क्षितिज झै तैपनि छ बिचमा यो दुरी उस्को र मेरो
ओर्लिन्छे उ जब मनका यी खुडकिलाहरु
छर्केर झंकारमा आमन्त्रणका ती संकेतहरु
सजाउँछे उ जब मनमा ती कलशहरु
पोखेर संघारमा स्वागतका सम्बादहरु
मदहोस झै म हुन्छु उस्का आलिंगनहरुमा
हराए झै म हुन्छु अनि आफ्नै आँगनहरुमा
बर्षाउँछे जब उ यी अधरमा आग्नेय ती चुम्बनहरु
आगोले जब निभाउँछ आगो बर्षिन्छन पुष्पपत्रहरु
ओर्लिन्छन अनि उठछन जब उस्का ती परेलीहरु
बयानको बन्धनबाट देख्छु मुक्त भएका ती स्वर्गहरु