न साट्न मिल्ने न बेच्न
उपहार भन्दैमा नहुने रे छ
न फ्याल्न मिल्ने न राख्न
नासो भन्दैमा नहुने रे छ
न बोक्न मिल्ने न बिसाउन
बाचा भन्दैमा नहुने रे छ
न दीन मिल्न न लिन
जिन्दगी भन्दैमा नहुने रे छ
बादल भै हेरेँ, बर्सेर सकिएँ
घाम भै हेरेँ, अस्ताएर सकिएँ
जिन्दगी भै हेरेँ, मरेर सकिएँ
आगो भै हेरेँ, बलेर सकिएँ
हावा भै हेरेँ, निस्सासिएर सकिएँ
जिन्दगी भै हेरेँ, मरेर सकिएँ
सपना भै हेरेँ, ब्युँझेर सकिएँ
बाजी भै हेरेँ, हारेर सकिएँ
जिन्दगी भै हेरेँ, मरेर सकिएँ
बन्दकि मायाँ उधारो जिन्दगि
उकास्नी कसो गरी?
तमसुकको त भैयो भैयो बन्दी
लिलामिबाट उम्किने कसो गरी?
आज जे नहुनु थियो त्यै भैगो
कुरै कुरामा निस्कियो बयान तिम्रो
रोकुँ धडकन, नरोकुँ आँधि भैगो
फिलुंगो बनेर पस्यो त्यै आँधिमा स्मृती तिम्रो
तोके घाइतेहरुले भाउ, जमातमा कोलाहल भैगो
चार खोट दर थियो हरेक चोट्को तिम्रो
फिलुंगो आँधिमा डढेलो भैगो
रिक्त छ आकास देख्दिन कतै मेघ तिम्रो
घायलहरुको बजार छिनमै अदालत भैगो
आज उनीहरुको भो कुनैदिनको फैसला तिम्रो
कुरै कुरामा निस्कियो बयान तिम्रो
जे नहुनु थियो आज फेरि त्यै भैगो
दुश्मनले भने -
अधर तिम्रा केस्रा सुन्तलाका मेरा बोक्रा
नयन तिम्रा मद अंगुरका मेरा छोक्रा
दुश्मन हो –
बिना बोक्रा सुन्तलाका हुदैनन् केस्रा
मद पोखिन्छन् कसरी अंगुर्का बिना छोक्रा?
सुन यता -
केस्रा तिनै हुन् लिप्त उनैमा थिए मेरा यि बोक्रा
मद त्यै हो चुम्बित त्यसैमा थिए यि मेरा छोक्रा
सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म
मन्दीरमा बालेको तिमीले
एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले
एक धुन् हुँ म
भावमा उठाएको तिमीले
एक लहर हुँ म
कल्पनामा रचेको तिमीले
एक रहर हुँ म
आँखैका बाणले घायल थिएँ
मुस्कानका त रोकेकी भए हुने
मल्हम् लाउने त पछि तिमिनै हो प्रीये
आफ्नै काम धेरै नबढाए हुने।
बन्द गरे परेलीहरु, ऊ मुक्त हुन्छे रे।
साथ छोडे यो बहकिंदो मेरो, ऊ रिक्त हुन्छे रे।।
नजाउँ कतै टाढा, ऊ हुरुक्क हुन्छे रे।
फेरि बन्द गरे परेलीहरु, ऊ मुक्त हुन्छे रे।।
चुमे उसका रापिला ति अधर,
ऊ मुग्ध हुन्छे रे
भड्काईदिए उसका ति मधोस नयन,
ऊ दग्ध हुन्छे रे
फेरि बन्द गरे परेलीहरु, ऊ मुक्त हुन्छे रे।
सपना एउटा थियो, हो तर उधारो थियो
अब त झन् ब्याजको नी ऋणी भैयो-
उधारो त उधारै भो।
तिरम खै सक्दिन, नतिरम बेइमान् भैयो।।
धडकनमा मेरो नि:श्वास उनको
स्पन्दनमा उनको उच्छ्वास मेरो
धडकनमा मेरो कैद स्पन्दन उनको
उपेक्षामा उनको उन्मुक्त अपेक्षा मेरो